इन्जिनमा समस्या देखिएपछी पुन: पोखरा फर्काइयो यति एयर

काठमाडौं : यती एयरलाइन्सको विमानमा खराबीको संकेत देखिएपछि उडेको केहीबेरमै फर्काइएको छ।

एयरलाइन्सको 672- ATR- 72 जहाज आज बिहान पोखराबाट काठमाडौं उडेको ६ मिनेटमै पुनः पोखरामै फर्काइएको हो।

जहाजको इन्डिकेटरले बायाँ इन्जिनमा ‘रेड लाइट’ देखाएपछि थप जोखिम नलिने निर्णय गर्दै पाइलटले जहाज पोखरा अवतरण गराएको एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए।​

इन्जिनियरहरुले जहाजको जाँच थालेको समेत उनले बताए।

सम्बन्धित समाचार

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरूमा * चिन्ह लगाइएका छन्