नानु भट्ट
एकरात बर्ष देखि राज गरिरहेछ अध्यरो संविधान बोकेर बाधिएको छ सब्बै
डोरीहरु यत्रतत्र डोरिएका छ्न
समय – उहिलै नै अन्तै कतै युगहरुमा छुटिसकेछ
मानिस – उसकै छाँयामा लावारिस घुमिरहेछ
मन – अरबौ प्रकाश बर्षहरुमा हिडिसकेछ।
न समय
न मानिस
न मन
के छ अब रहनु, राख्नु कस्का लागि छ यहाँ,शहर रात नै हो।
यहि रात परेको शहरमा,गाढा रातहरुले शहरलाई अन्धकार रङ्गको आँखा तरेर हेर्छ।
हेरोस कस्लाइ चासो छ यहाँ
फुर्सद – उ स्वयम् ब्यस्त छ
जुनको न्यानो उज्यालोमा बदाम,सुन्तला बोकेर खादै
बलिरहेका बत्तीहरु हेर्दछ सडकमा
आकाश तिर हेर्दछ ताराहरु गन्दछ ।
अनि धमिलो शहरकै पोल्टामा निदाउछ ।
ब्यस्त हुन्छ उ
हरेक आजका रात सङ्ग हिन्छ।
रात निदाउछ,रात नै ब्युझिन्छ।
रित्तो फुर्सद
तकियामा टाउको राख्यो कि
ख्यालहरु नआए सम्म बोल्नै पर्दैन।
सोच्नलाइ पनि कुनै सामग्री रहदैन।
एक किसिमले सलबल वनेको छ।
सजिलो फुर्सद
रातको कैदि शहर
तर
छुट्कारा पाइसकेको।
ADVERTISEMENT
प्रतिक्रिया