हाम्फाल्ने इच्छा व्यक्त गर्दै अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बन्जी जम्प गर्ने इच्छा व्यक्त गरेका छन् । युवा संघले शनिबार गरेको कार्यक्रममा बोल्दै उनले यस्तो इच्छा व्यक्त गरेका हुन् ।

बन्जी जम्पमा जान मन भए पनि उमेरका कारण डाक्टरलाई सोध्नुपर्ने बताए । उनले भने, ‘मलाई पनि बन्जी जम्प जाउँजाउँ जस्तो लाग्छ । तर, अलिक उमेर बढी भएको हुनाले बन्जी जम्पले के गर्ला भनेर समस्या हुन सक्छ । डाक्टरलाई सोधेर जानुपर्छ ।’

युवाले साहसिक खेल, पर्वतारोहणजस्ता क्रियाकलापमा सहभागी हुनुपर्ने उनको भनाइ छ । विभिन्न खेलकौशल प्रदर्शन गरिसकेका ओलीले साहसिक मानिने बन्जी जम्पमा चासो देखाउँदा कार्यक्रममा उपस्थित युवाहरुमा उत्साह देखिएको थियो ।

सम्बन्धित समाचार

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरूमा * चिन्ह लगाइएका छन्