
डिभोर्स र लभ एकैचोटि
काठमाडौं । रेस्टुरेन्टमा डिभोर्स पार्टी चल्दाचल्दै गेब्रिएलाको वेटर २८ वर्षीय जन लेडोल्फीसँग लभ पर्यो । केही दिनको नियमित सम्पर्कपछि दुवैले विवाह गरेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
गेब्रिएलाले विवाह गरेको १० वर्षपछि पतिसँग सन् २०१९ मा डिभोर्स गरेकी थिइन् । त्यसपछि वेटरसँग उनको लभ परेको हो । लभ गहिरिँदै गएपछि दुवैले विवाह गरे। अहिले दुवैको बच्चा जन्मिएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यम मिररसँग कुरा गर्दै गेब्रिएलाले आफूले वेटरसँग विवाह होला भन्ने कहिल्यै नसोचेको बताइन् । ‘रेस्टुरेन्टमा उससँग कुरा गर्दा ऊ धेरै सानदार व्यक्ति भएको लाग्यो,’ उनले भनिन् ।
