Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

दुर्घटनाबाट मृत्यु भएको ११ घण्टापछि उठाइयो शव

अरुणा ढकाल
२०७९ श्रावण १५, आईतवार

काठमाडौं । सर्लाहीको बरहथवामा शुक्रबार टिपरको ठक्करबाट मृत्यु भएका युवकको शव ११ घण्टापछि घटनास्थलबाट उठाइएको छ । मृतकको शव शुक्रबार साँझ ७ बजेपछि घटनास्थलबाट उठाएर पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको थियो ।

दुर्घटनाका विषयमा शनिबार यातायात संघ र टिपरधनीबीच छलफल भएको छ । युवकको मृत्यु भएपछि बरहथवा बजार शुक्रबार दिनभर अशान्त बनेको थियो । बरहथवा नगरपालिका–१० किसनपुर टोलमा टिपरको ठक्करबाट मोटरसाइकल चालक रौतहटको ईशनाथ नगरपालिका–५ लक्ष्मीनिया टोल बस्ने २६ वर्षीय मुकेश साहको मृत्यु भएको थियो ।

दक्षिणतर्फबाट आउँदै गरेको ०३–००१ क ०१९६ नम्वरको टिपरले विपरीत दिशाबाट गइरहेको ना२१प ७४०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा साहको घटनास्थमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ ।

दुर्घटनामा संलग्न टिपर र त्यसका चालक मकवानपुरको भीमफेदी गाउँपालिका–६ सिमलटार बस्ने २७ वर्षीय राजु लामालाई प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बरहथवाका डीएसपी उमाशंकर प्रसाद यादवले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

अरुणा ढकाल