‘प्रेमगीत ३’भारतमा ‘विश्वजितम’

काठमाडौँ । नेपाली फिल्म ‘प्रेमगीत ३’को भारत प्रमोसन सुरु भएको छ। आगामी असोज ७ गतेबाट नेपाल र भारतमा एकसाथ प्रदर्शनमा आउने तयारीमा रहेको यो फिल्मको भारत प्रमोसनका लागि निस्कने अन्तिम तयारीमा रहेको निर्माता तथा निर्देशक सन्तोष सेनले बताए।

यो फिल्म भारतमा ‘विश्वजितम’को नामबाट प्रदर्शनमा आउन लागेको छ। ‘विश्वजितम’को ट्रेलर केही दिनमा प्रिमियर केही दिनमा सार्वजनिक गर्ने निर्माता सेनले बताए।

यो फिल्म सेन र छेतन गुरुङले संयुक्त रुपमा निर्देशन गरेका हुन्। फिल्ममा प्रदीप खड्का, क्रिष्टिना गुरुङ, शिव श्रेष्ठलगायतका कलाकारले शिर्ष भूमिकामा रहेर अभिनय गरेका छन्।

सम्बन्धित समाचार

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरूमा * चिन्ह लगाइएका छन्