जो बाइडेनलाई पुन कोरोना संक्रमण

वासिङटन डिसी । अमेरिकी राष्ट्रपति जो बाइडेन एकपटक फेरि कोरोना संक्रमित भएका छन्। उनका निजी चिकित्सकले ‘रिबाउन्ड इन्फेक्सन’ भएको बताएका छन्।

बाइडेनलाई यसअघि जुलाई २१ मा कोरोना संक्रमण पुष्टि भएको थियो। संक्रमित भएपछि आफ्नो सम्पर्कमा आउने मानिसको सुरक्षाको लागि आइसोलेसनमा रहेका थिए ।

बाइडेनका फिजिसियन डा.कोविन ओ कोनोरले उनलाई फेरि उपचारको जरुरी नभए पनि निगरानीमा राखिने बताएका छन्। बाइडेनले कोरोनाबाट सुरक्षित रहनका लागि पैक्सलोविड नामको एन्टिबाइटिक दबाइ लिइरहेका छन्। बीबीसी

सम्बन्धित समाचार

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरूमा * चिन्ह लगाइएका छन्