आकर्षक प्रेमको प्रतिक रानीमहल
काठमाडौं । विश्वकै गहिरो गल्छी बनाएर बग्ने नदी हो, कृष्णगण्डकी अर्थात् कालीगण्डकी प्रायःकालो रङको जलप्रवाह हुने कालीगण्डकी शालिग्रामका लागि विश्वप्रसिद्ध छ।
हिन्दु धर्ममा शालिग्रामलाई विष्णु भगवान्को साक्षात् रूप समेत मानिन्छ।कालीगण्डकी तटमा मुक्तिनाथ र देवघाटजस्ता पवित्र स्थल रहेको छ। धार्मिक तीर्थस्थलसँगै पश्चिमा वास्तुकलाको नमुनाका
रूपमा रानीमहल रहेको छ।नेपाली समाजको विशिष्ट प्रेम प्रतीकका रूपमा रानीमहलले इतिहासको एउटा प्रेमिल कालखण्ड बचाएर राखेको छ।जनरल खड्ग शमशेर आफ्नी अति प्यारी रानी तेजकुमारीको सम्झनामा इस १८९३ मा एकातर्फ बुर्जाको जग काली गण्डकी नदीमा नै रहेको छ ।महल भित्र पानी पोखरी मन्दिर बगैंचा आदि रहेको अत्यन्त मनमोहक ५६ फिट चौडाई ११२ फिट अग्ल्याई भएको चारतले भवन र त्यसको वरिपरिको वातावरणले सबैको मनमा साँच्चिकै आनन्द दिन्छ ।
पाल्पाको सदरमुकाम तानसेनबाट उत्तरपश्चिम २।३० घण्टा पैदल यात्राबाट पुग्न सकिने रानीमहलको हाल पर्यटकीय सन्दर्भमा अत्यन्त महत्त्व राखेको छ ।
