‘प्रेमगीत ३’ भारतमा पनि असोज ७ गते प्रदर्शन हुने

काठमाडौँ ।  हिन्दीमा डब गरेर ‘विश्वजितम्’ शीर्षकमा प्रदर्शन हुन लागेको फिल्म ‘प्रेमगीत ३’ले भारतमा पनि प्रदर्शन मिति तय गरेको छ । निर्माता तथा निर्देशक सन्तोष सेनले सोमबार फिल्म भारतमा पनि असोज ७ मा प्रदर्शन हुने जानकारी गराएका छन् ।

फिल्म नेपालमा पनि असोज ७ मा प्रदर्शन हुँदैछ । निर्माण टिमले भदौ १६ मा ट्रेलर सार्वजनिक गर्ने जनाएको छ ।

नेपालमा सुटिङ गरेर हिन्दीमा डब गरी चलाइन लागेको फिल्मलाई सन्तोष सेन र स्वर्गीय छेतेन गुरुङले निर्देशन गरेका हुन् । फिल्ममा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ आदि कलाकारको अभिनय रहेको छ ।

निर्माण टिमले संवादसँगै फिल्मका गीतहरू पनि हिन्दीमा रेकर्ड गराएको छ । हिन्दी भर्सनका गीतमा अंकित तिवारी, पलक मुचाल, देव नागी, राहत फतेह अली खान र पवनदीप राजनले स्वर दिएका छन् ।

प्रेमगीत ३’ भारतमा रिलिज हुने खबर भारतीय मिडियाले पनि कभर गरेका छन् । समीक्षक कोमल नाहाटाले ब्रेकिङ भन्दै नेपाली फिल्म भारतमा प्रदर्शन हुन लागेको बताएका छन् भने बलिउड हंगामाले सन्तोष सेन, प्रदीप खड्का र क्रिस्टिनाको भनाइसँगै समाचार लेखेको छ ।

सम्बन्धित समाचार

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरूमा * चिन्ह लगाइएका छन्