
सुनको मूल्य घट्यो
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा आज घटेको छ । हिजो सुनको मूल्य प्रतितोला ९५ हजार ८ सय रुपैयाँमा कारोबार भएकोमा आज तोलामा चारसय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९५ हजार ४ सय रुपैयाँ रहेको छ।
भने तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार ९ सय रुपैयाँ रहेको छ । त्यस्तै,आज चाँदीको मूल्य पनि घटेको छ ।
हिजो चाँदीको मूल्य प्रतितोला १२३० रुपैयाँमा कारोबार भएकोमा आज घटेर प्रतितोला १२२० रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।
