काठमाडौं । ठाउँ ठाउँमा गएको पहिरोका कारण काठमाण्डौसँग जोडिएको मुख्य राजमार्ग मुग्लिन नारायणगढ सडक खण्ड ठप्प भएको छ ।
गएराति ११ बजेदेखि नै यो सडक खण्ड ठप्प भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी एवम् प्रवक्ता नरहरि अधिकारीका
अनुसार भरतपुर महानगरपालिका २९ को केराबारीमा ठूलो पहिरो गएको छ । भरतपुर महानगरपालिकाकै १७ किलोमा पनि पहिरो गएको छ ।
यस्तै इच्छाकामना गाउँपालिका वडा नम्बर ६ मा पर्ने ३ नम्बर पुलको बीचमा पनि पहिरो गएको छ । नौबिसे-मुग्लिन सडक खण्डका केही ठाउँमा पनि पहिरो गएको छ ।
मुग्लिन नारायणगढ सडक खण्डकोमा पहिरो गाडीको आवतजावत ठप्प
२०७९ श्रावण १७, मंगलवार
प्रतिक्रिया