काठमाडौँ। मन्दाकिनी हाइड्रोपावरको आईपीओ मंगलबार ( साउन १७ गते ) बाँडफाँड हुने भएको छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक बीओके क्यापिटलका अनुसार आज साँझ ४ बजे बीओके क्यापिटलको कार्यलयमा आइपिओ बाँडफाँड हुने भएको हो। ।
पछिल्लो तथ्यांकअनुसार कम्पनीको आइपिओको लागि करिब १६ लाख १० हजार ९२६ जना लगानीकर्ताले आवेदन दिएका छन्। यो माग भन्दा १६.५३ गुणा बढी आवेदन हो। कम्पनीको आइपिओमा मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथाबाट १० कित्ताका दरले सेयर बाँडफाँट हुने बताइएको छ।
कम्पनीले साउन ९ गतेदेखि १२ गतेसम्मसम्म सर्वसाधारणका लागि आइपिओ निष्काशन गरेको थियो। कम्पनीले ११ लाख ७६ हजार ७०३ कित्ता सेयर जारी गरेको थियो। जारी गरेको आइपिओमध्ये ५५ अर्थात् ५८ हजार ८०३ कित्ता सामूहिक लगानी कोष र २५ अर्थात् २३ हजार ५२१ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । बाँकी १० लाख ९३ हजार ७४९ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था थियो ।
प्रतिक्रिया