Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

म्याग्दीमा पहिरो जाँदा दुईको मृत्यु , तीन जना बेपत्ता

Nanu Bhatta
२०७९ श्रावण १७, मंगलवार

काठमाडौं। म्याग्दीमा लगातारको वर्षापछि आएको गएरातिको पहिरोमा दुई जनाको ज्यान गएको छ । तीन जना बेपत्ता भएका छन् । मालिका गाउँपालिका–२, रुम गाउँमा तीन वटा घर पुरिँदा दुई जनाको ज्यान गएको हो ।

घरमाथिको पाखोबाट आएको पहिरोले स्थानीय घामबहादुर विकको घर पुरिँदा १३ वर्षका छोरा राजन र १५ वर्षका नवीनको मृत्यु भएको हो । घामबहादुर विक, उनकी श्रीमती र सात वर्षीया छोरी अझै बेपत्ता रहेको इलाका प्रहरी कार्यालय दरबाङले जनाएको छ ।

उनका अनुसार स्थानीयबासीहरुले पुरिएको घरबाट दुई जनाको शव निकालेका छन् । बेपत्ता भएकाहरुको स्थानीय र प्रहरी टोलीले खोजी गरिरहेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा