Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एकको मृत्यु

Nanu Bhatta
२०७९ श्रावण १८, बुधबार

काठमाडौँ । उदयपुरमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ। कटारी नगरपालिका ६ रिस्कुमा करेन्ट लागेर १९ वर्षीय विपिन विकको ज्यान गएको हो।

सिन्धुलीको दुधौली नगरपालिका–१४ घर भई कटारी नगरपालिका–६ रिस्कुस्थित साथी राज मगरको घरमा गएका विक मल्टिप्लकमा मोबाइल चार्ज गर्ने क्रममा अचानक करेन्ट लागेर ज्यान गएको हो।

मंगलबार दिउँसो १ बजे मल्टिप्लकमा मोबाइल चार्ज गर्ने क्रममा अचानक करेन्ट लागेर घाइते भएका विकलाई उपचारको लागि कटारी अस्पताल लगेकोमा उनको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान थालेको छ।

प्रतिक्रिया

लेखकको बारेमा