Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

मनकामना केबलकार ६ हप्ता बन्द

अरुणा ढकाल
२०७९ श्रावण १८, बुधबार

काठमाडाैं । मनकामना केबलकार केहि समयको लागि लागि बन्द हुने भएको छ । सञ्चालन प्रविधि स्तरोन्नति गर्नका लागि २३ साउनदेखि केबलकार सेवा ६ देखि ७ हप्तासम्म बन्द गरिन लागिएको हो ।

एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालीमा स्तरोन्नती गर्न सेवा बन्द गर्न लागिएको मनकामना केबलकार प्रा लिले जनाएको छ । कम्पनीका अनुसार चितवनको कुरिनटारबाट गोरखाको मनकामना मन्दिरसम्म जान यात्रुहरुलाई थप सहज र भरपर्दो सेवा दिनका लागि स्तरोन्नति गर्न लागिएको हो ।

कम्पनीले सूचना जारी गर्दै भनेको छ,"स्तरोन्नति कार्य करिब पाँच देखि ६ हप्तामा सम्पन्न हुने छ। यस अवधिभर केबलकार सेवा बन्द रहे पनि बेस स्टेशनमा रहेको रेष्टुरेन्ट भने चालु रहने छ ।"

प्रतिक्रिया

लेखकको बारेमा

अरुणा ढकाल