दिउँस भरी आदर्शताको
खोक्रो खोल ओढेर बसेकाहरू
जब, सूर्यले पश्चिमतिर आफ्नो बाटो तताउँछ
तिनीहरू पनि विस्तारै,
त्यो खोल खोक्र्याउँदै लैजान्छन।
रातका अध्याँरा, काला धर्काहरु संगै
आफ्नो परीचय दिन्छन् ।
र अश्ली रुप धारण गर्छन् ।
रातले उज्यालो पन्छ्याय झैँ,
पन्छ्याउन्छन् , उनिहरू खोक्रो आदर्श र ईमानदारीतालाई
बिर्सिन्छन्,आफ्नो कर्तव्य र नैतिकतालाई
दिउँसो बोलेका र धारण गरेका
ति नक्कली र खोक्रा रुपमाथी
लात मार्छन ।
र
आफ्नो नित्य कर्मतिर लाग्छन्,
भट्टीमा जान्छन्, दुई प्याक तान्छन् ।
अनि ति अबोध बालीका र निर्दोष स्त्रीहरूको
ईज्जत र यौवनमाथी प्रहार गर्छन्,
आफ्नो प्यास मेटाउँछन्,
र अर्को बाटो मोडिन्छन् ।
जहाँ, पसिना र मिहेनत
सञ्चित भएको छ,
त्यहिँ आँखा गाड्छन्
र चोर्छन्
त्यहीँ रातमा हो, पल्लो घरे काकीको ईज्जत लुटिएको,
त्यहीँ रातमा हो, तल्लो घरे सुन्तली बलात्कृत भएकी,
त्यहीँ रातमा हो, ठुले घरे काकाको घर लुटिएको,
यो त्यहीँ रात हो,
मल्लो घरे भाईको हत्या भएको भएको ,
हो यो त्यहीँ रात हो, संविधानको हत्या भएको,
सत्ता, सदनको विघटन भएको,
यि सबै कुराहरू घामको राप संगै दिउँसो
उज्यालोमा हुन्थे भने,
अवश्य कानून लाग्थ्यो होला
तर,
रातका काला धर्काहरू संगै
कानूनले पनि यि यथावत कुराहरू देखेन
रातको अध्याँरो हो, वा अपराध
छुट्याउन सकेन
यो रातको स्वतन्त्रता हो,
वा
वाध्यता चिन्न सकेन्
साच्चै,
यो रात किन यति स्वतन्त्र ?
ADVERTISEMENT
प्रतिक्रिया