२० वर्ष सम्म,
किताब र कापीका पानाहरु फेरेँ
दिनौँ दिन हिडिरहेका बाटोहरु फेरेँ
झोलाहरु फेरेँ सँगैँ,
गाँउ देखि शहर सम्मका गल्लीहरु फरेँ
वषौँ दिन लगाएका कपडाहरु पनि फेरेँ
माथिल्लो कक्षा पुग्दै गर्दा,
विभिन्न विद्यालय र शिक्षकहरु फेरेँ
हरेक पलमा साथ दिने साथिहरु फेरेँ
के गर्ने ? के नगर्ने ? भन्दै,
नँया कुरा सिक्दै सल्लाह दिने सहकर्मी फेरेँ
हिजो बुनेका सपनाहरु पनि आज आएर फेरेँ
बाबाको शिरले टोपी फेर भनिरहेको छ
आमाको कुहिनाले चोलि फेर भनिरहेको छ
चुहिँने घरले छाना फेर भनिरहेको छ
आफन्त र गाँउलेले पनि,
म प्रतिको विश्वास कायम राख्दै
अब, तिम्रै आशा छ भनिरहेका छन
मन त हो भेटिरहने,
तर पनि, गन्तव्य पुग्न ढिलो भएपछि,
आज आएर तिम्रा यादहरुलाई पनि फेरेँ
त्यसैले अब, तिमी सँग भेट्ने समय छैन ।
अब, तिमीलाई भेट्ने खाली समय छैन !
२०७९ श्रावण १८, बुधबार
प्रतिक्रिया