+
Search

ताजा अपडेट +

पपुलर +

अब सबै लघुवित्त वित्तीय संस्थाहरुले ऋणपत्र जारी गर्न पाउने

Nanu Bhatta
२०७९ श्रावण १८, बुधबार

काठमाडौं । नेपाल राष्ट्र बैंकले सबै लघुवित्त वित्तीय संस्थालाई ऋणपत्र जारी गर्न पाउने व्यवस्था गरेको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिमा गरिएका व्यवस्थाहरु कार्यान्वयन गर्न राष्ट्र बैंकले लघुवित्त संस्थाहरुका लागि जारी गरेको एकीकृत निर्देशनमार्फत सबै लघुवित्त संस्थाले सहायक आवधिक ऋणपत्र जारी गर्न सक्ने व्यवस्था गरेको हो ।

सञ्चित नोक्सानी बाँकी नरहेका लघुवित्त वित्तीय संस्थाले प्राथमिक पुँजीको बढीमा सतप्रतिशतले हुने रकमसम्म सहायक आवधिक ऋणपत्र जारी गर्न स्वीकृतिका लागि राष्ट्र बैंकमा निवेदन पेस गर्न सक्ने निर्देशनमा उल्लेख छ । यसअघि लघुवित्तले प्राथमिक पुँजीको बढीमा २५ प्रतिशतले हुने रकमसम्म सहायक आवधिक ऋणपत्र जारी गर्न सक्ने व्यवस्था थियो ।

प्रतिक्रिया

लेखकको बारेमा