
७ अंकले घट्यो शेयर बजार
काठमाडौँ । मङ्गलवार सामान्य घटेको शेयर बजार आज बुधवार ६ अङ्कभन्दा धेरैले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ६ दशमलव ७१ अङ्कले घटेर २ हजार १ सय ८६ दशमलव ७७ विन्दुमा झरेको छ ।
आज व्यापार, जलविद्युत्, माइक्रोफाइनान्स र म्युचल फन्डबाहेक अरू सबै समूहको शेयर घटेकोमा बीमा समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । आज दुई सय १८ वटा कम्पनीको ९५ लाख ४२ हजार कित्ता शेयर चार अर्ब दुई करोड रुपैयाँका कारोबार भएको छ ।
