
एक्लै छु, एक्लै ठिक छु
एक्लै छु, एक्लै ठिक छु ।
बेग्लै छु, बेग्लै ठिक छु ।
बेगमै छु, बेगमै ठिक छु ।
पाखा पखेरा, म आफ्नै भेगमै ठिक छु ।
आफैंमा ठिक छु !
लेख्दै छु, लेखकै ठिक छु ।
बोल्दै छु, बोल्नै ठिक छु ।
भोग्दै छु, भोग्नै ठिक छु ।
शोकमा छु, शोकमै ठिक छु ।
हतारको सोच मेरो रोक्दै छु ।
रोक्नै ठिक छु!
काँधमा जिम्मेवारी बोक्दै छु ।
म बोक्दै छु !
म यस्तै छु सडकमै रमाउँछु ।
म कसैको सपना बनी आँखामा बस्न चाहन्न,
म विपनामा विश्वास गर्छु, स्वतंत्र हुन चाहन्छु ।
मलाई गुलियो बन्नु छैन कमिलाको भीडमा,
मैले बाबाले गरेको विश्वास र आमाको सपना पूरा गर्नु छ,
म आफुमा जे छु त्यसैमा रमाउँछु ।
म जे छु यसैमा ठिक छु ।
हो, म यस्तै छु एक्लै रमाउँछु ।
