
एनआईसी एशियामा जागिरको अवसर, एप्लाई कसरी गर्ने ?
काठमाडौँ । एनआईसी एशिया बैंकले पदपूर्तिका लागि आवेदन खुलाएको छ । बैंकले वुधबार विभिन्न पदका लागि दरखास्त आह्वान गरेको हो ।
सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको बैंकले डिजिटल बैंकिङ्ग, मार्केटिङ, आईटी, ब्लगर, भ्लगर लगायत दर्जनभन्दा बढी पदमा कर्मचारीहरु माग गरेको हो ।
यसका लागि इच्छुकले बैंकको वेबसाइट http://www.nicasiabank.com/current-vacancies वा दिइएको क्युआर स्क्यान गरी २०७९ भदौ १ गतेसम्म आवेदन दिन सकिने व्यवस्था बैंकले गरेको छ ।
