उदयपुरमा इनारभित्र शव फेला

काठमाडौं । उदयपुरको कटारी नगरपाकिा– ४ तित्रीबोटमा एक जना जेष्ठ नागरिकको शव इनारभित्र फेला परेको छ । कटारी नगरपालिका – ४ तित्रीबोटका ७० वर्षीय पन्चसिंह दनुवारको शव इनारभित्र फेला परेको ईलाका प्रहरी कार्यालय कटारीले जनाएको छ । परिवारकै सदस्यले इनारमा शव देखेपछि प्रहरीलाई खबर गरेका थियो ।

घटनास्थल पुगेर शव निकालेर पोष्टमार्टमका लागि कटारी अस्पताल लगिएको ईलाका प्रहरी कार्यालय कटारीका प्रमुख डीएसपी मानबहादुर राईले बताए । घटनाका विषयमा थप अनुसन्धान भईरहेको पनि उनले जानकारी दिए ।

घटना लगत्तै शसस्त्र प्रहरी वेस क्याम्प कटारीका प्रमुख प्रहरी निरीक्षक भूपेन्द्र बस्नेतलगायतका प्रहरीको टोलीले शव इनारबाट निकालेको थियो ।

सम्बन्धित समाचार

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरूमा * चिन्ह लगाइएका छन्