मनसुनको प्रभाव कायमै, गण्डकी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेकाले देशभर सामान्य बदली रही केही स्थानहरूमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले आज बिहान मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै आज दिउँसो गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बताएको छ।

त्यस्तै गरी देशभर आंशिकदेखि सामान्य बदली रहने जनाएको छ । देशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

भोलि देशभर आंशिकदेखि सामान्य बदली रहने गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। पर्सि राति मधेस प्रदेश र बागमती प्रदेशका केही  स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

सम्बन्धित समाचार

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरूमा * चिन्ह लगाइएका छन्