मनाङ, मुस्ताङ सडकखण्ड क्षतविक्षत

काठमाडौँ । लगातार परेको वर्षापछि आएको पहिरोले मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक र पश्चिमतर्फको बेनी–दरवाङ–मुना सडकसहित जिल्लाका सबै ग्रामीण सडकमा यातायात अवरूद्ध भएको छ । लमजुङ, म्याग्दीमा बर्खायाममा सडकमै पानी बग्छ । त्यसमाथि सवारी साधन गुड्दा बेंसीसहर–चामे सडकका धेरैजसो ठाउँ बिग्रिएका छन् ।

कतिपय ठाउँमा सवारीसाधन गुड्नै नमिल्ने गरी विग्रिँदा बर्खाको बाढीले पहिरो जाँदा सडक क्षतविक्षत बनेको छ । आइतबार रातिको भीषण वर्षाका कारण बाढीपहिरोले मनाङमा सडक बगाएको छ । चामे गाउँपालिका–३ कोतोमा करीब ७५ मिटर सडक बगाउँदा स्थानीयले सास्ती खेप्नुपरेको छ ।

सम्बन्धित समाचार

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरूमा * चिन्ह लगाइएका छन्