+
Search

ताजा अपडेट +

पपुलर +

विराटनगर आईपुग्याे युरिया मल, किसानहरु खुसी

Nanu Bhatta
२०७९ श्रावण १९, बिहीबार

काठमाडौंं । लामो समयदेखि अभाव रहेको र धान खेतीका लागि मगाइएको युरिया मल विराटनगरस्थित कृषि सामग्री कम्पनी लिमिटेडमा आइपुगेको छ ।यूरिया मल नपाएर खेतिपाती फस्टाउन नपाएको गुनासो व्यक्त गरेका किसानले अब मल पाउने आशा गरेका छन ।

भारतको कलकत्ताबाट आएको युरिया मल मंगलबार विराटनगर भंसार कार्यालय हुँदै कृषि सामग्री कम्पनी लिमिटेडको गोदाममा आइपुगेको हो । प्रदेश १ का लागि छुट्याइएको ७ हजार ५ सय मेट्रिक टन युरिया मल मध्ये पहिलो लटमा २ हजार ५ सय मेट्रिक टन युरिया मल आउन शुरु भएको कृषि सामग्री कम्पनी लिमिटेडका स्टोर किपर होम प्रसाद पराजुलीले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा