+
Search

ताजा अपडेट +

पपुलर +

जापानमा कामदार पठाउने विषयमा छलफल गरिँदै

Nanu Bhatta
२०७९ श्रावण १९, बिहीबार

काठमाडौं । नेपाली कामदारका लागि रोजगारीको प्रमुख गन्तब्य बनेको मुलुक जापानमा नेपाली कामदार पठाउने विषयमा छलफल गरिँदै छ।

बैदेशिक रोजगारको लागि नेपाली कामदार जापान पठाउने सम्बन्धी समझदारी कार्यान्वयनका लागि गठित दुई देशको संयुक्त कार्यसमितिको आज बस्ने बैठकले यसबारे छलफल गर्ने भएको हो।

आज बस्ने बैठक कार्यसमितिको दोस्रो बैठक हो। यसअघि सन् २०१९ को मार्चमा सरकारी संयन्त्रबाटै नेपाली कामदार जापान लैजान सहकार्य गर्ने समझदारी भएको थियो। बिहान १० बजे बस्ने बैठकमा नेपाल र जापानका सरकारी अधिकारी सहभागी हुने कार्यक्रम रहेको समितिले जानकारी दिएको छ।

यसअघि भएको समझदारी अनुसार प्रशिक्षार्थी र विशेषज्ञ नेपाली कामदारहरु जापान पठाइने छ। जापान जानका लागि साढे ५ हजार जना नेपालीहरु भाषा परीक्षा पास गरेर बसेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा