+
Search

ताजा अपडेट +

पपुलर +

पेरिसडाँडामा देउवाको फोटो राखे हुन्छ : एमाले नेता रमेश पौडेल

Nanu Bhatta
२०७९ श्रावण १९, बिहीबार

काठमाडौं  । नेकपा एमालेका युवा नेता रमेश पौडेलले आफ्नो पार्टी आफ्नो बुतामा लड्न सक्षम रहेको बताएका छन् ।

प्राइम एचडी टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग हिजो राति कुरा गर्दै नेता पौडेलले उस्तै झन्डा, उस्तै विचार र उस्तै अनुहार लिएर वामपन्थीविरुद्ध लाग्नु घातक रहेको टिप्पणी गरे ।

उनले थपे,'प्रभुहरुको सेवा संगत गुनाको फल हो ।माओवादी केन्द्रले एमालेसँग सहकार्य चाहेको हो भने कांग्रेसको कान्छीऔंला समाउन छाड्नुपर्छ ।'

साथै उनले आफ्नो मान्यता र बलिदानी सबै बिर्सेर एमालेलाई घेराबन्दी गर्नु भनेको मुलुक र राष्ट्रियतामाथि पनि घेराबन्दी भएको दाबी गरे ।

पौडेलले भने,'यस्तै गर्दै जाने हो भने पेरिसडाँडामा शेरबहादुर देउवाको फोटो राखे हुन्छ ।'

प्रतिक्रिया

लेखकको बारेमा