+
Search

ताजा अपडेट +

पपुलर +

ढाका बुनाईमा आत्मनिर्भर बन्दै त्रिपुरासुन्दरी

Nanu Bhatta
२०७९ श्रावण १९, बिहीबार

काठमाडौँ । धादिङ जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिकामा महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाद्वारा ६५ दिने ढाका बुनाई व्यावसायिक तालिम सञ्चालन भैरहेको छ ।

पालिका भित्रका लक्षित महिलाहरुलाई उधमी तथा व्यबसायी बनाउने उदेश्यले उक्त कार्यक्रम सन्चालन गरिएको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख मिना देवकोटाले जानकारी दिइन् ।

उक्त तालिममा पालिकाका वार्ड नं १ देखि ७ सम्मका महिला उधमिहरुलाई समेटेर गलबन्धी , दोसल्ला , पछ्यौरा , टोपी , कुर्ता र धोती जस्ता कपडाका प्रकार बुन्न सिकाएको बारे प्रभु खड्काले सजिलोपानालाई जानकारी दिए ।

त्यस्तै पालिकाले आयोजना गरेको यस्तो तालिमले महिलाहरु हर्षित भएका छन् । आफुहरुलाई यहि कार्यले आफ्नो जिबिकोपार्जन गर्न सहयोग गर्नुका साथै ढाका सामाग्रीमा गाउँपालिकालाई आत्मनिर्भर बनाउन सक्ने उनीहरुले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा