
कोशी र नारायणी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
काठमाडौं । बाढी पुर्वानुमान महाशाखाले कोसी र नारायणी आसपासको तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ । बिहीबार र शुक्रबार कोसी र नारायणी नदीको जलसतह केही मात्रामा घट्ने भए तापनि पानीको तह आसपास नै रहने पूर्वानुमान रहेको जनाउँदै महाशाखाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको हो ।
बुधवार कोशीमा पश्चिमतर्फ कटान हुँदा उदयपुर, सप्तरी, सुनसरीका झन्डै ३ हजार बिस्थापित भएका थिए भने नारायणीमा आएको बाढीका कारण गण्डक नहरका अधिकांस ढोका खोलिएको थियो ।
