सुनको मूल्य बढ्यो , कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । आज विहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । हिजो बुधबार प्रतितोला ९५ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज विहीबार प्रतितोला ९६ हजार १०० रुपैयाँमा कारोबार भएको सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।

हिजो बुधबारको तुलनामा आज विहीबार सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेको हो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार ६०० रुपैयाँ रहेको छ ।

यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ  हिजो बुधबार प्रतितोला १ हजार २१० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार हुने महासङ्घले जनाएको छ ।

सम्बन्धित समाचार

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरूमा * चिन्ह लगाइएका छन्