श्री एयरको जहाज नेपालगञ्जमा आपतकालीन अवतरण, समस्या निरीक्षण गर्दै

काठमाडौं । नेपालगञ्जबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको जहाजको इन्जिनमा समस्या देखिएपछि उडेको केही मिनेटमै नेपालगन्ज विमानस्थलमै फर्काएर जहाज आपकालीन अवतरण गरिएको छ ।

जहाजबाट धुँवा निस्किएपछि चालक दलले जहाज आकस्मिक अवतरण गराएर निरीक्षण गरिरहेको श्री एयरलाइन्सका कर्पोरेट प्रबन्धक अनिल मानन्धरले बताए । उनका अनुसार जहाज बायाँ इन्जिनबाट धुँवा निस्किएको देखिएको थियो । उक्त जहाजमा देखिएको समस्या पहिल्याउने काम भइरहेको छ ।

जहाजमा सवार यात्रुलाई भने अर्को जहाज पठाएर ल्याउने तयारी भइरहेको  उनले बताए । श्री एयरको ९ एन–एएनएफ क्यू–४०० विमान जहाज जम्मा १० माइल दूरी मात्रै पार गर्दा इन्जिनमा समस्या देखिएको थियो । उडान नम्बर ४३२ भएको विमानमा चालक दलका सदस्यसहित ८४ जना सवार थिए । विमान नेपालगञ्जबाट बिहान ९ः४९ बजे उडान भरेको थियो ।

सम्बन्धित समाचार

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरूमा * चिन्ह लगाइएका छन्