काठमाडौँ । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरू आगामी मंसिर ४ मा प्रदेश र सङ्घीय निर्वाचन गर्न सहमत भएका छन् । एक नेताका अनुसार आज दिउँसो १ बजे बस्ने मन्त्रिपरिषद् बैठकले चुनावको मिति घोषणा गर्नसक्ने छ ।
‘गठबन्धनका शीर्ष नेताहरू मंसिर ४ मै सहमत हुनुभएको छ,’ , ‘सम्भवतस् मंसिर ४ मै चुनाव हुनसक्छ ।’ उनले भने । निर्वाचन आयोगले भने मंसिर २ गतेका लागि सुझाव दिएको छ । सरकारले भने मंसिर ४ मै मिति घोषणा गर्ने लगभग पक्कापक्कीजस्तै भएको छ ।
बुधबार मात्रै पनि गठबन्धनका शीर्ष नेताहरूबीच छलफल भएको थियो । चुनावको मिति घोषणापछि संसद् रहन्छ कि रहँदैन भन्नेबारे भने नेताहरू प्रष्ट छैनन् ।
प्रतिक्रिया