आज सेयर बजारमा उच्च अङ्कको गिरावट

काठमाडौँ । आज बिहीबार सेयर बजारमा उच्च अङ्कको गिरावट आएको छ । सेयर बजार परिसूचक नेप्से आज ३८ दशमलव ६१ अङ्कले घटेर २ हजार १ सय ४८ दशमलव १६ विन्दुमा झरेको छ ।

आज सबै समूहको सेयर घटेकोमा व्यापार, विकास बैंक, जलविद्युत्, उत्पादन र लघुवित्त समूहको सेयर उच्च अङ्कले ओरालो लागेको छ । दुई सय १५ वटा कम्पनीको ८५ लाख ६९ हजार कित्ता सेयर तीन अर्ब ७६ करोड ८० लाख रुपैयाँमा कारोबार भएको छन् ।

सबैभन्दा धेरै शिवम् सिमेन्ट्सको २५ करोड २२ लाख रुपैयाँको सेयर किनबेच भयो । युनाइटेड मर्दी हाइड्रोको शेयर साढे ९ प्रतिशतभन्दा धेरैले घटेको छ । यस्तै हिमाल दोलखा हाइड्रो, साल्ट ट्रेडिङ र विशाल बजार कम्पनीको सेयर ५ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार राताम्मे हुँदा पनि विन्ध्यवासिनी हाइड्रोको शेयर १० प्रतिशतले बढेको छ ।

सम्बन्धित समाचार

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरूमा * चिन्ह लगाइएका छन्