Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

बैंकिङ कसुर मुद्दाका फरार एक जना पक्राउ

सजिलोपाना संबाददाता
२०७९ श्रावण १९, बिहीबार

काठमाडौँ । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्। पक्राउ पर्नेमा गोरखाको गोरखा नगरपालिका-७ घर भइ हाल काठमाडौं महानगरपालिका-१० बानेश्वर बस्दै आएका ४६ वर्षीय दिपक चन्द्र आचार्य रहेका छन्।

बैंकिङ कसुर मुद्दामा १९ लाख ५० हजार विगो माग गरिएकोमा उनी फरार रहेका थिए। उनलाई विशेष अनुसन्धान टोलीले बिहीबार काठमाडौंको थापागाउँबाट पक्राउ गरेको हो। थप अनुसन्धानका लागि प्रहरी वृत गौशाला पठाइएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

सजिलोपाना संबाददाता