Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

बझाङमा चरेससहित एक जना पक्राउ

सजिलोपाना संबाददाता
२०७९ श्रावण १९, बिहीबार

बझाङ । बझाङ प्रहरीले साढे ११ किलो चरेससहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दार्चुलाको शैल्यशिखर नगरपालिका १, बारीलका ४३ वर्षीय वीरेन्द्रबहादुर खडायत रहेका छन् ।

उनलाई बुधबार साँझ वित्थडचिर गाउँपालिका ८ मा रहेको अस्थायी प्रहरी पोष्ट बागथलाले पक्राउ गरेको हो ।

जयपृथ्वी राजमार्ग भएर चैनपुरदेखि कञ्चनपुरको महेन्द्रनगरतर्फ जाँदै गरेको पवनदुत यातायातको बसबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

बस जाँच गर्दा सिटमुनी चरेस भेटिएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

सजिलोपाना संबाददाता