काठमाडौँ । नेपाली राष्ट्रिय यु २० पुरुष फुटबल टिम बिहीबार स्वदेश आइपुगेका छ । भारतको ओडिसास्थित कालिङ्गा रंगशालामा जारी साफ यु २० च्याम्पियनसिप खेलेर नेपाली टिम स्वदेश फर्किएको हो ।
प्रतियोगितामा चार खेल खेलेको नेपालले दुई खेलमा जित, एक खेलमा हार र एक खेल बराबरी खेलेको थियो । नेपाल फाइनल भने पुग्न असफल भयो ।
नेपाली टिमलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्बाङ, उपाध्यक्ष द्वय दीपक खतिवडा र विराटजंग शाही, सदस्य द्वय महेन्द्र श्रेष्ठ र पेमा डोल्मा लामा लगायतले स्वागत गरे ।
प्रतिक्रिया