+
Search

ताजा अपडेट +

पपुलर +

गठबन्धनसँग खोपडी छैन कि क्या हो : अध्यक्ष ओली

अरुणा ढकाल
२०७९ आश्विन ६, बिहीबार

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनले राष्ट्रपतिको अपमान गर्नु नै महानता ठानेको आरोप लगाएका छन् ।

बिहीबार ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले नागरिकता विधेयकमा पुनर्विचार नगरी सत्ता गठबन्धनमा आबद्ध दलले मसल देखाएको बताए ।

“राष्ट्रपतिज्यूले पुनर्विचार गर्ने कि भन्नुभयो, नगर्ने (पाखुरा देखाउँदै) । बाहिर–बाहिर बसेर अनाडी मान्छेहरू बसेर, अनाधिकृत ठाउँमा । संविधानले नचिनेका मान्छे बसेर राष्ट्रपतिको मजाक उडाउने काम भयो,” ओलीले भने ।

गठबन्धनप्रति आक्रोश पोख्दै उनले थपे, “यसले राष्ट्रपतिको अपमान गर्नु महानता ठानेको छ ।”

ओलीले गठबन्धनसँग दिमाग नभएको र मसलको भाषा मात्र बोलिरहेको बताए । “गठबन्धनसँग खोपडी छैन कि क्या हो, मसलको भाषा बोल्छ । मसलको भाषा बोल्दा बोल्दै एमालेसँग आइपुग्यो भने त्यो पनि ठिक गरिन्छ,” उनले भने ।

प्रतिक्रिया

लेखकको बारेमा

अरुणा ढकाल