‘२ नम्बरी’ को ट्रेलर मंगलबार सार्वजनिक हुने

काठमाडौं । असोजको २१ गतेबाट प्रतिक्षित फिल्म ‘२ नम्बरी’ रिलिज हुँदैछ । दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको फिल्मको ट्रेलर भोलि मंगलबार सार्वजनिक गर्ने तयारी निर्माण पक्षको छ । यो फिल्मलाई लिएर प्रस्तुतकर्ता किरण नेपाली उत्साहित छन् । यसैवीच, यो फिल्मको प्रमोशनका लागि भुटानी नायिका उगेन छोदेन नेपाल आएकी छिन् ।

फिल्मको छायांकन सकेर भुटान फर्किएकी उगेन असोज ६ गते नेपाल आएकी हुन् । फिल्मका कलाकार सबै अन्य प्रोजेक्टमा व्यस्त हुँदा यसको निर्माणपक्षले ट्रेलर सार्वजनिक गर्न सकेको थिएन । तर, अब नायिका उगेन पनि भुटानबाट नेपाल आएपछि भोलि मंगलबार ट्रेलर सार्वजनिक गर्ने निर्माण पक्षले बताएको छ ।

यो फिल्ममा उगेनको जोडीको रुपमा नायक दयाहाङ राइले काम गरेका छन् । यस्तै, नायिका उपासना सिंहको जोडीको रुपमा नायक सौगात मल्ललाई देख्न सकिन्छ । ‘२ नम्बरी’को टिजर हिट भैसकेको छ । २ साथीको मित्रताको कथामा यो फिल्म बनेको निर्माणपक्षले बताएको छ ।

सम्बन्धित समाचार

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरूमा * चिन्ह लगाइएका छन्