+
Search

ताजा अपडेट +

पपुलर +

पाएका मान्छेले झन् धेरै पाउने खेल राजनीति होइन : रेखा थापा

Nanu Bhatta
२०७९ आश्विन १०, सोमबार

काठमाडौँ । मोरङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका लागि चुनावी मैदानमा रहेकी राप्रपा नेत्री रेखा थापाले आफू आफ्नो साझा पहिचान थाती राखेर राजनीति मा होमिएको बताएकी छन् । पाएका मान्छेले झन् धेरै पाउने खेल राजनीति नभएको समेत उनले सामाजिक सञ्जालमा लेखेकी छन् ।

" म अरू भित्र, आफू भित्र र समस्त ब्रह्माण्डमा धेरै सम्भावना छन् भन्ने ठान्दछु । कोही पहिचान बनाउन राजनीतिको सहारा लेलान् अर्कै कुरा म आफ्नो साझा पहिचान थाती राखेर राजनीति मा होमिएको हुँ,’ अभिनेत्रीसमेत रहेकी थापाले लेखेकी छन् " राप्रपामा बितेका सात वर्ष रहेर मैले एउटा कुरा स्थापित गर्न चाहेकी छु " राजनीतिको केन्द्रमा कमजोर, गरिब, पिछडिएको र अवसर नपाएका जनता हुनु पर्छ । पाएका मान्छेले झन् धेरै पाउने खेल राजनीति होइन । राजनीतिले ती नागरिकको सेवा गर्नु पर्छ जसको कोही छैन ।’

प्रतिक्रिया

लेखकको बारेमा