+
Search

ताजा अपडेट +

पपुलर +

साबा महिला च्याम्पियनसिप : नेपालले आज श्रीलंकासँग खेल्ने

Nanu Bhatta
२०७९ आश्विन ११, मंगलवार

काठमाडौं । माल्दिभ्समा भइरहेको महिला बास्केटबल च्याम्पियनसिपमा नेपालले आज आफ्नो दोस्रो खेल श्रीलंकासँग खेल्दैछ । नेपाल र श्रीलंका बीचको खेल नेपाली समय अनुसार राति ९ः१५ बजे सुरु हुनेछ ।

पहिलो खेलमा नेपाल घरेलु टोली माल्दिभ्ससँग ५१–४७ ले पराजित भएको थियो । श्रीलंकाले भने भुटानलाई ९८–३३ ले सहजै हराएको थियो । भारतले अन्तिम समयमा नाम फिर्ता लिएपछि उपाधि जित्ने लक्ष्य राखेको नेपालसामु पहिलो हारले चुनौती थपिएको छ ।

पहिलो जितको खोजीमा रहेको नेपालका लागि श्रीलंकाविरुद्धको खेल चुनौतीपूर्ण हुने ठानिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा