+
Search

ताजा अपडेट +

पपुलर +

दुई गाउँपालिकाका कर्मचारीले तलब भत्ता नपाएपछि कर्मचारी परे अलपत्र

अरुणा ढकाल
२०७९ आश्विन १३, बिहीबार

हुम्ला । हिन्दूहरुको महानचाड दशैँमा नाम्खा गाउँपालिका र सिमकोट गाउँपालिकाका कर्मचारीले साउनदेखि असोजसम्मको तलब भत्ता पाएका छैनन् । सङ्घ तथा प्रदेशबाट रकम निकासा नभएकाले उक्त दुई गाउँपालिकाका कर्मचारी घर जान पाएका छैनन् ।

विद्यालय र गाउँपालिकाका कर्मचारी अलपत्र परेका छन् । नाम्खाका स्वास्थयकर्मी छ गरी तीन सय जना र उक्त गाउँपालिकाभित्रका १७ विद्यालयका ८५ शिक्षकले समेत दशैँको भत्ता खान नपाएर विभिन्न प्रदेश तथा जिल्लाका कर्मचारी अलपत्र परेका शिक्षक सम्ला चौधरी बताउछन्।

सिमकोटमा पनि कर्मचारी तथा शिक्षकले पनि साउनदेखि असोजसम्मको तलबभत्ता नखाँदा अलपत्र परेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अरुणा ढकाल