+
Search

ताजा अपडेट +

पपुलर +

४ वर्षीय भतिजको हत्या अभियोगमा एक युवक पक्राउ

अरुणा ढकाल
२०७९ आश्विन १३, बिहीबार

धनुषा । आफ्नै ४ वर्षीय भतिजको हत्या अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

भतिज अनुष पासवानको हत्या अभियोगमा क्षिरेश्वरनाथ नगरपालिका–५ बस्ने २८ वर्षीय रवी पासवानलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

रवीले फलामको रड प्रहार गर्दा गम्भीर घाइते भएका अनुषको महेन्द्रनगर हेल्थ केयरमा उपचारको क्रममा मत्यु भएको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अरुणा ढकाल