
दशैं तिहारमा पनि मानवअधिकार आयोग खुल्ला रह्ने
दशैं, तिहार तथा छठ पर्वको बिदामा समेत ललितपुर स्थित पुलचोक मा राष्ट्रिय मानवअधिकार आयोगको कार्यालय खुला रहने भएको छ । आयोगले केन्द्रीय, प्रदेश तथा शाखा कार्यालयहरु चाडपर्वको बेलामासमेत बन्द नगर्ने निर्णय गरेको बताइएको छ ।
आज विज्ञप्ति जारी गर्दै आयोगले बिदाका दिनमा बिहान ११ देखि दिँउसो २ बजेसम्म कार्यालय खुला रहने जानकारी गराएको छ । आमनागरिकको मानवअधिकारको संरक्षण कार्यलाई ध्यानमा राखी आयोगले विगतझैं यस वर्षको बिदाका दिनमा पनि कार्यालय खुला रहने व्यवस्था मिलाएको हो’, विज्ञप्तिमा भनिएको छ । बजार अनुगमन तथा मँहगी नियन्त्रण गर्न, शान्ति सुरक्षाको स्थिति थप मजबुत बनाउन तीन वटा तहका सरकार, सुरक्षा निकाय, निजी क्षेत्रलगायतलाई आयोगले आग्रह गरेको छ ।
