फुट्पाथ ब्यब्स्थापानका लागि कुनै पर्ब नहेरिने: मेयर बालेन

काठमाडौं महानगरपालिकाले फुटपाथ व्यवस्थापनमा महानगरपालिकाको आफ्नै नीति रहेकाले निरन्तर व्यवस्थापनको काम गर्ने जनाएको छ। फुटपाथ व्यापारलाई दशैँको सन्दर्भसँग जोडेर प्रकाशन/प्रसारण भएका समाचारप्रति ध्यानाकर्षण भएको भन्दै उनले भनेका छन्,‘सडकमा पैदल यात्रीको पहिलो अधिकार रहन्छ,यसलाई स्थापित गराउन महानगरपालिकाले आफ्ना नीति तथा कार्यक्रम तर्जुमा गरेको छ,सहरको विकास, सुधार र समृद्धिका लागि कानुन प्रदत्त अधिकार कार्यान्वयन गरेर नागरिक जीवनमा सुधारको महसुस गराउने हाम्रो प्रतिवद्धता हो, यो कायम छ।

आब २०७९/८० को वार्षिक नीतिअन्तर्गत पूर्वाधार विकास सम्बन्धी नीतिमा ‘पैदल यात्री सहज आवागमनका लागि फुटपाथको उपयोग सहज र सरल बनाइनेछ,फुटपाथमा मानव आवतजावत बाहेकका सबै क्रियाकलापलाई निषेध गरिनेछ’ भन्ने व्यवस्था गरिएको छ,यो नीति प्रभावकारी रुपमा कार्यान्वयन गराउन महानगरले सडक किनारा व्यवस्थापनका कार्यक्रम सञ्चालन गरिरहेको छ,’विज्ञप्तिमा उल्लेख छ।

सम्बन्धित समाचार

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरूमा * चिन्ह लगाइएका छन्