खाद्य कम्पनीको थापाथलीस्थित कार्यालयबाट बुधवारदेखि खसी, बोका र च्याङ्ग्राको बिक्री वितरण शुरु भएको हो । कम्पनीसँग एक हजार वटा खसी, बोका र दुई सय वटा च्याङ्ग्रा रहेकोमा बिहीवार दिउँसो सम्ममा तीन सय वटा खसी बोका र सय वटा च्याङ्ग्रा बिक्री भइसकेको कम्पनीकी कर्मचारी ज्ञानु थापाले जानकारी दिइन् । थापाले कम्पनीले असोज १ गतेदेखि ४१ जिल्लाका ४५ स्थानबाट सहुलियत मूल्य पसल सञ्चालन गरिरहेको बताइन् ।
बिक्री कक्षमा नपुगेका उपभोक्ताहरुका लागि सहकारी डिलर लगायतका माध्यमबाट उपभोक्ताका घर घरमा उपभोग्य सामग्री पुर्याएको उनको भनाई छ । थापाले थापाथली बिक्री कक्षमा दैनिक ४ सय देखि ५ सय जनासम्म उपभोक्ताले सेवा लिइरहेको बताइन् ।
प्रतिक्रिया