+
Search

ताजा अपडेट +

पपुलर +

मुस्लिम आयोगले दियो दशैंको शुभकामना

Nanu Bhatta
२०७९ आश्विन १३, बिहीबार

मुस्लिम आयोगले हिन्दू नेपालीहरूको महान चाड दशैंको अवसरमा शुभकामना दिएको छ । आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले कार्यालयमै एक कार्यक्रमको आयोजना गरी दशैंको शुभकामना दिएका हुन् ।

अध्यक्ष अन्सारीले भने, हाम्रो देश बहुभाषी, बहुजाति, बहुधर्म, एक आपसमा मिलेर बसेका, विभिन्न जातजातिहरु मिलेर बसेको देश हो । हिन्दु समुदायको महान पर्वमा मुस्लिम आयोगद्वारा शुभकामना आदानप्रदान कार्यक्रमको छुट्टै भिन्नता छ । यो कार्यक्रमको मुख्य उद्देश्य हाम्रो सामाजिक सद्भाव, धार्मिक सहिष्णुता त्यसमा थप मद्दत पुगोस् भनेर हो । जुन हाम्रो समृद्ध नेपाल, सुखी नेपालीको उद्देश्यमा टेवा पुगोस् भनेर कार्यक्रम आयोजना गरेका हौँ । हामी सबै नेपाली हौँ, मानव हौँ । समग्र देशको, नेपालीको हीतको काम हामी सबै मिलेर गर्नुपर्छ ।

कार्यक्रममा काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल, नेपाल प्रहरीका प्रतिनिधि, मानव अधिकार आयोगका प्रतिनिधि, राष्ट्रिय दलित आयोगका प्रतिनिधिहरूको उपस्थिति थियो ।

प्रतिक्रिया

लेखकको बारेमा