
गोरखा बचत तथा ऋण सहकारी संस्था लि को २३ औं वार्षिक उत्सव सम्पन्न
काठमाडौँ । गोरखा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २३ औं वार्षिक उत्सव सु-सम्पन्न भएको छ ।
सहकारी परिवारले सोमबार काठमाडौंको न.पा १६, धारागल्ली स्थित न्यु भेन्यू पार्टी प्यालेसमा सहकारीका आन्तरिक विभिन्न कार्यशीलशिलाहरुको छलफल संगै वार्षिकोत्सव मनाएको हो
संस्थाले महिला उद्यमी सम्मान, असल ऋणी सम्मान, उत्कृष्ठ बचत कर्ता सदस्यलाई सम्मान लगायत विभिन्न सामाजिक क्रियाकलाप गरी आफ्नो वार्षिकोत्सव मनाएको सहकारीका कोषाध्यक्ष द्रोण अधिकारीले जानकारी दिए।
श्री बाचस्वती देवकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा बुद्दीजीवी , कार्यसमिति सदस्य , सल्लाहकार सदस्य, कर्मचारी , बचतकर्ता, साथै शयरकर्ताहरुको उत्साहाजनक उपस्थित रहेको थियो ।
समितिको प्रतिवेदन प्रस्तुत गर्दै यस वार्षिकउत्सब २ वर्षको कोरोना महामारी पश्चात उपयुक्त ढंगले प्रस्तुत गर्न सफल भएको सहकारीका सचिव द्रोण अधिकारीले जानकारी दिए।
हाल सम्म जम्मा ३ करोड ८४ लाख शेयर लगानी भएको कुरा अवगत गराऊदै संस्थाका कोषाध्यक्ष श्री जीवराज कॅंणेल ले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
साथै अब २ वर्ष पछी आऊने २५ औ जयन्ती सम्म केही नयाँ ढंगले प्रस्तुत हुनुपर्ने कुरा एवं भब्यसव्य रुपमा उक्त जयन्ती मनाइने
यसै कार्यक्रममा अतिथि एवं सल्लाहकारहरुको सुझाब रहेको थियो ।
यसरी उक्त कार्यक्रममा अब आऊदै गरेका विभिन्न चाडपर्व रूपी सम्पूर्ण सरद महोत्सबको शुभकामना आदानप्रदान समेत गरीएको थियो ।
गोरखा बचत तथा ऋण सहकारी संस्था एउटा गोर्खाली भाईबन्धु को नाता प्रगाढ बनाउने माध्यमको रूपमा स्थापना भएपनी अहिले कुशल बित्तीए संस्थाको रूपमा अगाडी बढिरहेको कुरा उक्त कार्यक्रमका सभापति एवं संस्थाका अध्यक्ष रामप्रसाद पाण्डेले सजिलोपानालाई जानकारी दिए ।
