Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

उम्मेदवार छान्न बालकोटमा एमाले सचिवालय बैठक शुरू

अरुणा ढकाल
२०७९ आश्विन १३, बिहीबार

काठमाडौँ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा प्रत्यक्षतर्फका उम्मेदवारहरूको टुंगो लगाउन नेकपा एमालेको सचिवालय बैठक बसेको छ ।

एमाले अध्यक्ष केपी ओलीको निवास बालकोटमा सचिवालय बैठक शुरु भएको हो ।

बिहीवारको बैठकले प्रतिनिधि सभा र प्रदेश सभामा प्रत्यक्षतर्फका उम्मेदवारहरूको टुंगो लगाउने कार्यसूची रहेको एक नेताले बताए ।

त्यस्तै बैठकमा लोकतान्त्रिक समाजवादी, राप्रपा, राप्रपा नेपाललगायतका दलहरूसँग चुनावी तालमेल गर्ने विषयमा पनि छलफल हुने बताइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अरुणा ढकाल