Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

राप्रपाको कार्यालय भवन हटाउन काठमाडौं महानगरले लगायो माइकिङ

अरुणा ढकाल
२०७९ आश्विन १३, बिहीबार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यालय भवन अनधिकृत भन्दै महानगरले हटाउन माइकिङ गरेको छ ।

काठमाडौं महानगरपालिका–४ धुम्बाराहीमा रहेको राप्रपाको कार्यालय विद्युत प्रसारण लाइनमुनि रहेकाले हटाउन निर्देशन गर्दै माइकिङ गरेको महानगर प्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिए ।

पाण्डेका अनुसार विद्युत प्रसारण लाइनमुनि रहेका संरचना हटाउन माइकिङ गरेर जानकारी दिन सुरु गरिएको छ ।

‘प्रसारण लाइनमुनि रहेका सबै घरहरु हटाउन हामीले माइकिङ गरेका हौं । यसमा राप्रपाको केन्द्रीय कार्यालय पनि परेको छ । उहाँहरुले माइकिङ गरेपछि नैतिकताले भवन भएको संरचना हटाउनुहुन्छ होला’, पाण्डेले भने ।

प्रतिक्रिया

लेखकको बारेमा

अरुणा ढकाल