गुल्मी । मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा सुरक्षा व्यवस्थापनका लागि गुल्मीमा म्यादी प्रहरीको छनौट प्रक्रिया चलिरहेको छ।
भर्ना प्रक्रिया अनुसार स्वास्थ्य परीक्षण र शारीरिक परीक्षणबाट छनोट भएका १ हजार ३० जना प्रतिस्पर्धी बिहीबार दिउँसो सदरमुकाम तम्घासको महेन्द्र माध्यमिक बिद्यालयमा लिखीत परीक्षामा सहभागी भएका छन्।
जिल्लामा १ हजार ८२३ जनाले आवेदन दिएकामध्ये सम्पूर्ण प्रक्रिया पूरा गरी १ हजार ३० जना परीक्षामा सहभागी भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डीएसपी) माधवराज खरेलले जानकारी दिए।
लिखित परीक्षाको नतिजा बिहीबार नै सार्वजनिक गरी शुक्रबार अन्तर्वार्ता गरी दशैं पश्चात अन्तिम नतिजा सार्वजनिक गरिने खरेलले जानकारी दिए।
स्थानीय तहको निर्वाचनमा खटिएका झण्डै ६ सय म्यादी प्रहरीहरुले पनि आवेदन दिएकाले उनीहरुको अन्तर्वार्ता मात्र लिइने खरेलले बताए।
प्रतिक्रिया